Logo

कोमल वली कुलो विवाद मिलाउन पुगिन्



दाङ, २५ असोज । सांसद कोमल वली गृह जिल्ला दाङ गइरहन्छिन् । यसपटक उनी दाङ पुगेर विकास निर्माण र विवाद समाधानमा पनि सक्रिय भएकी छिन् ।

कोमल वली कुलाको विवाद मिलाउन समेत पुगिन् । वर्षौं देखिको विवाद मिलाउन उनले पहल थालिन् ।

दाङको दुई मौजा अस्वारा र खलुवाचिसको कुलो विवाद लामो समय भइसकेको छ । उनले कुलो विवाद आफै उपस्थित भएर अवलोकन गरिन् र समाधानका लागि प्रक्रिया शुरु गरेको जानकारी गराइन् ।
कोमल वलीले ट्वीटरमा लेखेकी छिन्ः कति विस्वास छ सांसद माथि, कुलाेकाे विवाद भयाे भने पनि सांसदले हेरिदिए पुग्छ जनतालाई, आफ्नाे जित भएजस्ताे लाग्छ वहाँहरुलाई । म पनि साथ दिन चाहान्छु त्यसैले दाङकाे दुई माैजा अस्वारा र खलुवाचिसकाे कुलाे विवादमा आफैं उपस्थित भएर अवलाेकन गरें । समाधानकालागि प्रकृया सुरु भईपनि सक्याे ।



प्रतिक्रिया दिनुहोस्