Logo

बाघले रुखलाई अँगालेको तस्वीरलाई पायो वर्षको वन्यजन्तु फोटो अवार्ड



एजेन्सी, २८ असोज । बाघले रुखलाई अँगालो हालेको यो तस्वीर कसरी क्यामरामा कैद भयो ? यो कुनै व्यक्तिले प्रत्यक्ष खिचेका भने होइन । गुप्त तरिकाले राखिएको क्यामराबाट कैद भएको तस्वीर हो ।

सेरगेई गोरस्कोभले साइबेरियाको जङ्गलमा गुप्त क्यामराबाट यो दृश्य कैद गरेका हुन् । यो वर्षको वन्यजन्तु फोटोग्राफ अवार्ड बाघले रुखलाई अँगालिरहेको तस्वीरले प्राप्त गरेको छ ।

पोथी बाघले रुखलाई अँगालेर बोक्रामा शरीर दलिरहेको छ । बाघ जङ्गलको भाग जस्तै देखिन्छ । उसको पुच्छर जरा जसरी बाँङ्गिएको छ ।

साइबेरियाको जङ्गलमा पाइने यो बाघ अति र्दुलभ हो । पूर्वी रुसमा बाघको शिकार बढेकाले लोपोन्मुखमा पर्छ ।-तस्वीर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्