काठमाडौं, २९ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही काठमाडौं आएका छन् । कर्णाली प्रदेशमा नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुग्दा शाहीविरुछ नेकपाकै १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालको पहलमा शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका अधिकांश सांसद ब्याक भएपछि उक्त अविश्वासको प्रस्ताव तुहिएको छ । र, शाहीको पद जोगिएको छ । कर्णालीमा बढेको विवाद साम्य पार्न अध्यक्षद्धय केपी शर्मा ओली र दाहालबीच लगातार भेटवार्ता र छलफल भएको थियो ।
अन्ततः उक्त विवादबारे छलफल गर्न अध्यक्षद्धयले नेकपा कर्णाली प्रदेशका पदाधिकारीलाई काठमाडौं बोलाईसकेका छन् । नेकपानिकट स्रोतकाअनुसार प्रायः सबै नेताहरु काठमाडौं आईसकेका छन् । मुख्यमन्त्री शाही यतिवेला अध्यक्ष दाहालको निवासमा छनु । दाहालले कर्णालीमा भएको विवादबारे शाहीकै मुखबाट ब्रिफिङ लिएका छन् । शाहीसँग सांसद निरज आचार्यपनि छन् । र, उक्त छलफलमा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालपनि उपस्थित् छन् । File Photo