Logo

पैसा नलिने शर्तमा महानगर छलेर अमेरिका गएका सनतविरुद्ध यस्तो पर्यो उजुरी



काठमाडौं, २ कार्तिक । काठमाडौँ महानगरपालिकाको निर्देशकबाट अवकाश पाएका सनत थापा बिरुद्द महानगरमा उजुरी परेको छ। महानगरलाई आर्थिक दायित्व नपार्ने शर्तमा २०६८ सालमा अमेरिका गएका थापाले २०७४ साल पुस ९ गते महानगर बाट दुई लाख साठी हजार सोध भर्ना लिएका थिए। सेवा निवृत्त भएपछी उपदान लिने क्रममा रहेका थापा बिरुद्द उनकै छिमेकीले शोधभर्ना बापतको रकम कट्टी गरेर दिन माग गर्दै असोज २८ गते महानगरमा निबेदन दिएका थिए।
महानगरका कार्यकारी अधिकृत एकनारायण अर्यालले सो बिषयको छानबिन गरि निर्णय गर्ने भन्दै प्रशाशन शाखालाई फायल खोजेर आफु कहाँ पेश गर्न आदेश दिएका छन्।  अख्तियार र प्रधानमन्त्री कार्यालयलाई बोधार्थ दिएको निबेदनमा थापाले महानगरलाई पुर्याएको हानी नोक्सानीको छानबिन गरि दण्ड सजाय दिन समेत माग गरिएको छ। महानगर श्रोतका अनुसार थापाका कारण महानगरले आर्थिक र नीतिगत कार्यमा ठुलो क्षति व्यहोर्नु परेको छ। थापाको हकमा छानबिन समिति बनाउने गरि महानगरको उच्च तह लागेको बुझिएको छ।



प्रतिक्रिया दिनुहोस्