Logo

चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण



काठमाडौं, कार्तिक ३ । विद्युतीय बस चार्जिङ स्टेसनको विद्युत् महसुल र सवारी चार्ज गरेबापतको महसुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले असोजदेखि नै लागू हुनेगरी विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई महसुलबारे पत्राचार गरेको छ । विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि तोकेको शुल्कलाई प्राधिकरणले कार्यान्वयन गरेको हो ।

निर्धारण गरिएको महसुलअनुसार विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट चार रुपियाँ ६० पैसा तिर्नुपर्ने छ । स्टेसनले यसअघि प्रतियुनिट १० रुपियाँ तिर्दै आएका थिए । चार्जिङ स्टेसनले विद्युतीय सवारी चार्ज गर्दा प्रतियुनिट चार रुपियाँ ६० पैसाको थप २० प्रतिशत शुल्क लिएर सवारी चार्ज सुविधा दिन पाउने भएका छन् ।

सरकारले विद्युतीय चार्जिङ स्टेसनको विद्युत् तथा चार्ज शुल्क निर्धारण नगर्दा चार्जिङ स्टेसन समस्यामा परेका थिए । उपत्यकामा चारवटा सार्वजनिक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले आफ्नो चार्जिङ स्टेसन भए पनि महँगो शुल्क तिर्न परेकामा अब भने निकै सजिलो भएको अध्यक्ष भेषबहादुर थापाले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्