वीरगंज, ४ कात्तिक । नारायणी अस्पतालमा गरिएको पछिल्लो परिक्षणमा २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पर्सा, बारा, सर्लाही र रौतहटका २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
विवरण अनुसार पर्साका १८, बाराका ६, सर्लाहीका र रौतहटका १ १ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । अस्पतालको पिसिआर ल्याबमा सोमवार अबेर रातिसम्म पर्सा र बाराका विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ९६ जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा ९ वर्षीय बालकसहित २६ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले बताए ।