Logo

परिणाम ल्याउने गरी काम गर्न निर्देशन



काठमाडौं, कात्तिक ५ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समेत काम हेर्ने जिम्मेवारी पाएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारको कामलाई थप प्रभावकारी बनाउन छलफल सुरु गरेका छन् ।

छलफलको क्रममा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कामलाई थप प्रभावकारी र परिणाम ल्याउने गरी ठोस काम गर्न निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले मु्ख्य सचिव शङ्करदास बैरागी, सचिव, सहसचिवहरूलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पदाधिकारीहरूसँग मङ्गलबार ब्रिफिङ लिएका थिए ।

सो अवसरमा प्रधानमन्त्री कार्यालयका आधा दर्जन महाशाखाका प्रमुखलेसमेत
आ–आफ्नो महाशाखाको कामकारबाहीबारे जानकारी गराएका आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्