काठमाडौं, ६ कार्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरेको भेटवार्तालाई लिएर चौतर्फी आलोचना र टिप्पणी भैरहेको छ । संविधानविद् डा. भीमार्जुन आचार्यले सार्वभौम मुलुकको सरकार प्रमुखलाई यसो गर्न के आवश्यकत्ता थियो र ? भन्दै गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. आचार्यले उक्त भेटवार्ताबारे यस्तो कुरा उठाएका हुन् ।
उनले लेखेका छन्-“धेरैको राष्ट्रवाद पहिले पनि देखिएकै हो। सत्तासीन कम्युनिष्टहरुको “अन्तिम” राष्ट्रवाद यसपटक देख्न पाइयो । नागरिक जीवन धन्य भयो । ओली सरकारको जय होस । सबै मर्यादा बिर्सेर प्रधानमन्त्रीले प्रचण्ड, नेपाल वा अरू सबैभन्दा सक्कली …मै हु भन्ने प्रमाणित गर्न खोजेका होलान। अन्यथा, एउटा सार्वभौम मुलुकको सरकार प्रमुखलाई यसो गर्न के आवश्यकता थियो र ?”
धेरैको राष्ट्रवाद पहिले पनि देखिएकै हो। कम्युनिष्टहरुको “अन्तिम” राष्ट्रवाद यसपटक देख्न पाइयो । नागरिक जीवन धन्य भयो । ओली सरकारको जयहोस् ।
— Bhimarjun Acharya (@BhimarjunPhD) October 22, 2020
सबै मर्यादा बिर्सेर प्रधानमन्त्रीले प्रचण्ड, नेपाल वा अरू सबैभन्दा सक्कली …मै हु भन्ने प्रमाणित गर्न खोजेका होलान। अन्यथा, एउटा सार्वभौम मुलुकको सरकार प्रमुखलाई यसो गर्न के आवश्यकता थियो र ?
— Bhimarjun Acharya (@BhimarjunPhD) October 22, 2020