वीरगंज, २३ कात्तिक । बाराको सुवर्णपुर गापा–२ कबहीगोठमा भएको झडपमा परी गोली लागी घाइते भएका रन्जन यादव तथा अन्य घाइते भएका घटनाको विरोधमा आज स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । आज दिउसो कलैयामा जनता समाजवादी पार्टी बाराले घटनामा संलग्न दोषी प्रहरीमाथि कारबाईको माग गर्दै प्रदर्शन गरेका हुन् ।
बुधवार राति प्याज ल्याइरहेका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो । झडपमा प्रहरीपनि घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले हवाइ फायरिंग गर्दा रन्जन यादवको टाउकोमा गोली लागेको छ । उनको अवस्था गम्भीर छ ।