Logo

भीम रावलको टिप्पणी : ‘नेताहरुले समिकरण बदल्नुको कुनै औचित्य र अर्थ छैन्’ (भिडिओसहित)



काठमाडौं, १४ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले पार्टीलाई विधि, विधान र सिद्धान्तअनुसार चलाउनुपर्नेमा जोड दिएका छन् ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग मिलेर जान प्रस्ताव गर्नुभएको छ नि ? भनेर सोधेको प्रश्नमा उनले भने,‘नेताहरुको बीचमा कुराकानी हुनु स्वभाविक हो । गत स्थायी कमिटीको बैठकले जुन निर्णय गरेको थियो, त्यो निर्णय कार्यान्वयन हुनुपर्छ । हामीले राष्ट्रिय हितका साझा सवालहरुमा छलफल गरेर साझा धारणा बनाएर मात्रै अगाडि बढ्ने निर्णय गरेका थियौं ।’

https://www.facebook.com/ReportersNepal/videos/394939088300994

प्रधानमन्त्री ओलीले नेता नेपालसँगको भेटमा अर्का अध्यष पुष्पकमल दाहाल प्रचण्डको साथ छोड्नुहोस सहकार्य गरौं भन्नुभएको छ भन्ने कुरा आएको छ नि ? भनेर सोधेको प्रश्नमा उनले भने,‘हेर्नुहोस, ऋषिजी प्रत्यक्ष रुपमा प्रधानमन्त्रीसँग कुरा भएको छैन् । पार्टी एकता गर्यौं । यत्रो विजय हाँसिल गर्यौं । प्रदेश र केन्द्रमा बहुमत प्राप्त गर्यौं । कसैलाई किनारा लगाउने । गुटबन्दी गर्ने कुरा गर्नु गलत हो । यसो गर्नुहुँदैन् । यसो गर्दा नेताको कुनै योग्यता र क्षमताको प्रदर्शन हुँदैन् । गएको स्थायी कमिटीको बैठकका निर्णय कार्यान्वयन गर्नुपर्छ । र, नेताहरुलाई पनि योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिनुपर्छ । नेताहरुले समिकरण बदल्नुको कुनै औचित्य र अर्थ छैन् ।’
उनले आफूहरुले पार्टीलाई विधि र प्रक्रियामा फर्काउन आवाज उठाईरहेको पनि सुनाए । उनले भने,‘हामीले गुटबन्दी बन्द गर्नुहोस । पार्टीको विधि र प्रक्रियालाई आदर र कदर गर्नुपर्छ । को व्यक्तिसँग के समिकरण गरेर देशलाई सकारात्मक दिशार्फत लैजाँदैन् । विधानले भनेको छ–गुटबन्दी भेला पनि नगर्ने ।’

उनले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पनि पार्टीलाई विधि र विधानअनुसार चलाउने भनेर हस्ताक्षर गरेको पनि स्मरण गराए । ‘देश र जनताको भलो चाहाने काम गर्नुभएको छ । पार्टीमा निकृष्ट खेल खेल्नुहुँदैन् । स्थायी कमिटीका निर्णय मान्नुपर्यो । बैठक बोलाउनुपर्यो । यो कुनै एक जना व्यक्तिले निर्माण गरेको पार्टी होईन् । समस्याको समाधान गर्न दूत पठाएर घर–घरमा पठाएर हुँदैन् । बैठक बस्नुपर्छ । पार्टीलाई विभिन्न व्यक्तिको स्थार्थको भुमरिमा घुमाउनुहुँदैन् ।’

उनले माधव नेपालले प्रधानमन्त्री ओलीसँग सहकार्य गरेर सम्भवाना कति छ ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने,‘माधव नेपालसँग ३५ सालदेखि मेरो संगत हो । अर्को प्रधानमन्त्रीसँग पनि मेरो पूरानो संगत हो । दुवै जनाको आनीबानी र शैली मलाई थाहा छ । माधव नेपालले विधि र प्रक्रिया अनि सामूहिक नेतृत्वमा पार्टीलाई लैजाऔं भन्नुभएको हो । उहाँले भनेको कुरा के नराम्रो छ र ? व्यक्तिहरुलाई पूर्वाग्रह नगरौं भन्ने उहाँको भनाई हो । महत्वपूर्ण नियुक्तीहरु र जिम्मेवारी दिने कुुरामा योग्यता र क्षमताको आधारमा गरौं भन्नुभएको हो । के घाटा पर्यो ?’

 



प्रतिक्रिया दिनुहोस्