Logo

बारा घटनाको छानबिन समिति गठन



वीरगंज, १४ कात्तिक । बारा जिल्लाको सुवर्ण गाउँँपालिका–२ कबहीगोठमा भएको झडपको अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, बाराले चार सदस्यीय छानबिन समिति गठन गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको नेतृत्वमा बसेको बैठकले प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद यादवको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिले एक हप्ताभित्र घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्ने बाराका प्रजिअ नेपालले बताए । गत बुधवार राति साढे ८ बजे प्याज नियन्त्रण गरेको भन्दै प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । झडपलाई नियन्त्रण गर्न प्रहरीले १२ राउन्ड हवाई फायर गर्दा १४ वर्षीय बालक रन्जन यादवको टाउकोमा गोली लागेको थियो । उनको नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको भने अवस्था चिन्ताजनक छ । घटनामा तीनजना प्रहरी पनि घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस्