काठमाडौं, कार्तिक १५ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएउँदै आज देशभरको मौसम सफा रहने जनाएको छ ।
हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही रहेको जनाउँदै विभागले शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने उल्लेख गरेको छ ।
आज राती प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने बिभागद्वारा जारी मौसमी बुलेटिनमा उल्लेख छ ।