Logo

मुख्यमन्त्री पौडेल कोरोनामुक्त



काठमाडौं, १५ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। आज प्रादेशिक प्रयोगशाला धुलिखेलमा गरिएको टेष्टमा उनको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएअनुसार उनको अहिले स्वास्थ्य राम्रो छ । उनको गत कात्तिक ६ गतेको परीक्षणमा कोरोना पोजेटिभ आएको थियो । त्यसपछि उनलाई थप उपचारको लागि हेलिकप्टरमार्फत सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा ल्याइएको थियो। File Photo



प्रतिक्रिया दिनुहोस्