Logo

राजधानीमा डेरा खोज्दाको त्यो दिन..



उज्जल धमला (बिबस) : विगत केही महिना अगाडिमात्रै ब्यस्त राजधानीको गल्ली÷गल्ली चाहार्ने क्रममा कतिपटक त कुकुरले झम्टियो, त्यसको कुनै लेखाजोखा नै छैन। तर, मैले राजधानीको कुन ठाँउमा डेरा जमाउन सक्छु ? भन्ने आत्मबिश्वास म मा फिटिक्कै थिएन। कारण थियो–कुनै एरियामा त झनै चिनेजानेको मान्छे नै थिएन। तर, मैले सहजै कसरी राजधानीमा डेरा जमाउन सक्छु र ? भन्ने मा एकजना दाई भन्दै हुनुहुन्थ्यो । बाबु ढोकामा पर्दा नलगाएको र झ्यालमा पर्दा नहालेको घरमा डेरा पाउन सकिन्छ । मैले दाईको कुरालाई नर्कान सकिँन । र, म हतारमा थिएँ । ब्यस्त राजधानीको नयाँ बजारको ती गगनचुम्बी घरहरुमा मेरा आँखाका नयनहरु डुल्न थाले। र, सहजै रुम पाईन्छ भन्ने बिश्वास मलाई त्यसतर्फ लाग्न थाल्यो । र पाईलाहरु अगाडि बढाउन थालेँ ।

जब यी नजर एक्कासी पर्दा नलगाएका घरको चौथो तल्लामा पुग्यो । म त्यस घरको त्यस तल्लामा पुगें । जब कुकुर भुक्न थाल्यो, एक्कासी ती घरका अधबैंसे खालका देखिने आईमाई त्यहाँ आईपुगिन् । अनि ती अधबैंसे खालका देखिने आईमाईले मतिर फर्कँदै प्रश्न गरिन् । बाहिर गेटमा घन्टी थियो । बजाउन सकिनस् ? यहाँ चोर्न आएको थिईस् ? लगायतका तुच्छ शब्दहरु बोलिन् । म यी बचनहरु सुन्न बिबस भएँ । डेराको बिषयको कुरा त परै जाओस् । अनि म यी गगनचुम्बी घरको तल्लाबाट झर्दै आँशु बगाउन थालें । यस बिषयमा मनमा अनेक तर्क तथा वितर्क गर्दै म त्यहीँ नजिकै भएका मेरा आफन्तको डेरातर्फ लागें । एक रात बास बस्नको लागि । जब खाना खाने बेलामा प्रसंग आयो डेराको बिषयमा म दिनभरी डेराको बिषयले नै आकुलब्याकुल भएको थिएँ । जब डेरा भन्ने शब्दले मलाई मनैदेखी झस्काईरहेको थियो । अनि मेरा ती आफन्तहरु नै डेराको बिषयमा भन्दै थिए । यो काठमाडौं हो यहाँ टिक्न धेरै अप्ठ्यारो छ। जब मेरो मनमा यस्तो खेल्न थाल्यो कि म यहाँ आज पाहुना हुन आएको भएर नै, डेराको बिषयमा मैले यतिसम्म भाषण सुन्नपरेको त होला नी, अनी रातभरी निन्द्रा पनी कसरी लाग्नु र खोई ?

दिनभरि डेराको खोजीमा गएको ती पर्दा नहालेका गगनचुम्बी घरका अधबैसे आईमाईको अपमान अनि झनै खाना खान लागेको समयमा आफन्तजनहरुको डेराको बिषयको चर्को भाषण,त्यस दिन झिसमिसे बिहानीमै म ती आफन्तको घरबाट निस्केँ । र, अलिक पर चिया पसलतर्फ लागेँ । म चिया अर्डर गर्दै पत्रिका पढ्नतिर लागेँ । एक्कासी यत्तिकैमा गाँउका एकजना दाजुपनी टुपलुक्क आईपुग्नुभयो । मैले दाजुतर्फ फर्कदैँ आफ्ना कहानी भन्न आँतुर भएँ । डेराको बिषयमा अनि दाजुले म तिर फर्किदै भन्नथाल्नुभयो । यो राजधानी हो । यहाँ त हरेक कामका लागि प्रतिशत तिर्नुपर्छ, अनि मैले दाजुलाई मैले बुझिन नी भन्दै गर्दा दाजुले हाँस्दै भन्नुभयो,काम गरिदिए बापतको रकम क्या,यतिकैमा म फेरी झसङ्ग भँए,र म राजधानी र डेरासंग राम्रोसँग परिचित भएँ ।

आजका दिनसम्म पनी मलाई ती शब्दले बारम्बार झस्काँउछ ती दिनहरुले । गगनचुम्बी पर्दा नहालेका ती अधबैसे आईमाईको तुच्छ वचन, अनि ती राजधानीमा पाहुना हुन जाँदाको आफन्तको अपहेलना । चिया पसलमा भेट हुँदा, प्रतिशत मागेर रुम मिलाईदिन्छु भन्ने दाजुको याद, हो यी र यस्तै कारणहरुले गर्दा राजधानीमा बिशेषत भाडामा बस्नेहरुको पीडा सुन्न नपरोस् भनेर भाडावालाहरुको रुममा पाहुना हुन जान आज यो मनले मान्दैन्। अनि ती गगनचुम्बी पर्दा नहालेका घरहरुमा रुम खोज्न जान मन लाग्दैन् ।र, ती राजधानीका चिया पसलहरुमा सुकिला र मुकिला लुगा लगाएर बढेमानको प्रतिशतवाला कुरा गर्ने दाईहरुसंग नजिकिन मन लाग्दैन,हो यी सबै घटनाहरु मनमस्तिस्कहरुमा ताजै छन्। आजभोलि त राजधानीका गल्ली÷गल्लीहरुमा चोक÷चोकहरुमा यत्रतत्र भेटिन्छन् कोठा भाडामा कम रेटमा मोबाइल नं (….)



प्रतिक्रिया दिनुहोस्