काठमाडौं, १८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता आनन्द प्रसाद ढुंगानाले पार्टीभित्रको संघर्ष चर्कँदै गएको भन्ने आरोपमा सत्यता नभएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘तपाईले जुन संघर्ष भन्दै हुनुहुन्छ, त्यसलाई व्यवस्थापन गर्नको लागि सभापतिजीले हिजो वरिष्ठ नेता रामचन्द्र पौडेलले जुन १६ बुँदे प्रस्ताव दिनुभएको छ, त्यसमा छलफल गरेर यसलाई व्यवस्थापन गर्ने कोशिस गर्दैछौं । विवाद चर्कने भन्ने त कुरै आउँदैन् । किनभने नेपाली कांग्रेस ७ दशकसम्म संघर्ष गरेको पार्टी हो । यसलाई व्यवस्थापन गर्न सकिएन भने यो देशमा कसरी डेमोक्रेसी रहनसक्छ ?’
https://www.facebook.com/RishiDhamalaOfficial/videos/354305705661309