काठमाडौं, १८ कार्तिक । नेपालका एकमात्र डलर अर्वपति तथा प्रतिनिधिसभा सदस्य डा. विनोद चौधरीले प्रतिष्ठित उद्यमी तथा नेपाली कांग्रेसका सांसद सूर्य बहादुर केसीको निधनको खबरले स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत सांसद चौधरीले केसीको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गरेका छन् ।
उनले लेखेका छन्,‘प्रतिष्ठित उद्यमी, नेपाली कांग्रेसका सांसद, लगानी पूर्वाधार र रोजगार समितिका सदस्य रहनुभएका प्रिय मित्र सूर्यबहादुर केसीको निधनको खबरले स्तब्ध भएको छु । उहाँको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु १ उद्यम व्यवसाय र राजनीतिमा उहाँको योगदान स्मरणीय रहनेछ ।”