१८ कात्तिक: अष्ट्रियाको राजधानी भियनामा स्थानीय समय अनुसार सोमबार भएका विभिन्न आतङ्कवादी आक्रमणमा पाँचको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ । उक्त घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएको बताइएको छ ।
विभिन्न स्थानमा भएका आतङ्ककारी हमलामा ईस्लामिक समूहले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानपछि भियनाको प्रहरीले ट्वीटरमार्फत् उल्लेख गरेको छ ।
आतङ्ककारी आक्रमणपछि प्रहरीले गरेको प्रतिरोधका क्रममा कम्तीमा एक आक्रमणकारीको मृत्यु भएको छ । आक्रमणकारीले शरीरमा राखेको भनिएको ‘आत्मघाती विष्फोटक पदार्थ’ नक्कली भएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीले आक्रमणकारीको घरसहित अन्य सम्लग्न मतियारहरूको आक्रमणका समय खिचिएको भिडियोका आधारमा खोजी गरिरहेको बताएको छ ।आक्रमणको विश्वव्यापीरूपमा निन्दा भएको छ ।-सिन्ह्वा/Photo: Agency