काठमाडौं, १८ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो लिएकी छिन् । पछिल्लो समय अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सम्वाद टुटेको र पार्टी फुटको संघारमा पुगेको हल्ला चलिरहेकै बीचमा आज राष्ट्रपति भण्डारीले उपाध्यक्ष वामदेव गौतमलाई शितलनिवासमा बोलाएर छलफल गरेकी हुन् । स्रोतकाअनुसार उक्त भेटमा पार्टी एकतालाई कायम गरेर अघि बढ्न राष्ट्रपति भण्डारीले जोड दिएकी थिईन् । जवाफमा नेता गौतमले आफू सुरुदेखि नै एकताको पक्षमा रहेकोले अहिलेपनि आफ्नो जोड एकतामै रहेको विश्वास दिलाएका थिए । File Photo