Logo

ट्रम्प राष्ट्रपति निर्वाचित हुने सम्भावना बलियो



एजेन्सी, १९ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प र जोय बिडेनबीच कडा प्रतिष्पर्धा देखिएको छ । मतगणनाको नतिजा धमाधम आइरहँदा डेमोक्रयाट उम्मेदवार बिडेन झीनो अन्तरले अगाडि छन् । तर, मुख्य राज्यहरुमा ट्रम्पले जित हासिल गर्ने मतगणनाको प्रारम्भिक अवस्थाले देखाएको छ ।

बडी इलेक्ट्रोरल मत रहेका फ्लोरिडा, टेक्सास, जर्जिया, ओहायो, पेनसिल्भानिया जस्ता राज्यहरु चुनावमा निर्णायक हुने देखिएको छ । ती राज्यहरुमा ट्रम्प अगाडि देखिएका छन् । उक्त राज्यहरुमा ट्रम्पले जितेमा उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुने सम्भावना रहन्छ ।

यसैगरी, डोनाल्ड ट्रम्पले केही घन्टामै आफूले जित घोषणा गर्ने दाबी गरेका छन् । उनले मुख्य राज्यहरुमा महत्वपूर्ण जित हासिल गर्ने दाबी समेत गरेका छन् ।

यसपटक अमेरिकी राष्ट्रपति निर्वाचनमा उल्लेख्य मतदान भएको थियो । निर्वाचनमा निकै कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिएअनुसार नै मतगणनाको नतिजा देखिएको छ । तर, ट्रम्पले मुख्य राज्यहरुमा यसअघि प्रक्षेपण गरेभन्दा पनि राम्रो मत पाउन सके ।



प्रतिक्रिया दिनुहोस्