विराटनगर, कार्तिक २१ । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की कोरोना सङ्क्रमणमुक्त भई बिहिबारदेखि नियमित काममा फर्केका छन् ।
मन्त्री कार्कीलाई कोरोना सङ्क्रमण देखिएको १४ दिन पूरा भएकाले हिजो होम आइसोलेशनबाट बाहिर आएका उनका निजी सचिव रवी खनालले बताए । दुई सातापछि पुनःपरीक्षण आवश्यक नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण मार्गनिर्देशन र विज्ञको सल्लाह अनुसार मन्त्री कार्की बाहिर निस्केका हुन् ।
सामान्य अवस्थाका व्यक्तिले १४ दिनपछि पुनः परीक्षण नगर्दा हुने विश्व स्वास्थ्य संगठन र राष्ट्रिय परीक्षण प्रयोगशालाको मार्गनिर्देशनमा उल्लेख भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा सुरेश मेहताले बताए । मन्त्री कार्कीलाई यही कात्तिक ६ गते सङक्रमण देखिएको थियो ।रासस