कैलाली, कार्तिक २१ । कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ ।सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो ।
शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।शाह गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत थिए ।