काठमाडौं, कार्तिक २१ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगिरहेका बेला पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ६ दिनदेखि संवादहीनता तोड्दै अध्यक्षद्वय ओली–प्रचण्डबीच बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो ।
दुई अध्यक्षको विवादका कारण पार्टी नै विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला भएको भेटमा पनि कुनै ठोस निर्णय हुन सकेन । पार्टीमा जारी विवाद समाधानका लागि सचिवालयको बैठक बस्नुपर्ने प्रस्ताव लिएर बालुवाटार पुग्नुभएका प्रचण्डको प्रस्ताव प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले अस्वीकार गर्नुभएको बताइएको छ ।
पार्टी कमिटीको बैठक बोलाउन ओली सहमत नभएपछि बैठकमा दुई अध्यक्षबीच चर्काचर्की भएको स्रोतको दाबी रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।