Logo

राष्ट्रपतिको भूमिकालाई लिएर भीम रावलले गरे आलोचना



काठमाडौं, २१ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, सांसद तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर कडा आलोचना गरेका छन् ।

आज विहान सामाजिक सञ्जाल ट्विटरमार्फत डा. रावलले भनेका छन्,नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।”

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिँदै जाँदा राष्ट्रपति भण्डारीले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापालाई शितलनिवासमा बोलाएर छलफल गरेको र प्रधानमन्त्री ओलीलाई साथ दिन आग्रह गरेको समाचार आएपछि रावलको यस्तो टिप्पणी आएको हो । File Photo



प्रतिक्रिया दिनुहोस्