२१ कात्तिक: केही प्रतिस्पर्धा रहने भनिएका स्थानहरूको मतगणना पूरा हुँदासम्ममा अमेरिकी राष्ट्रपतिको प्राथमिक निर्वाचनको नतीजा शुक्रबार बिहान सन्तुलित अवस्थामा आएको छ ।
अमेरिकी नेटवर्क प्रक्षेपणका अनुसार डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो वाइडेनले आफूलाई विजय हुन आवश्यक पर्ने २७० इलेक्ट्रोरल भोटमध्ये कम्तीमा २५३ भोट हाँसिल गरेका छन् । परिणाममा एरिजोना समावेश गर्दा वाइडेनलाई कम्तीमा २६४ मत प्राप्त हुने फक्स न्यूज र एसोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेका छन् ।
राष्ट्रपति तथा रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अहिलेसम्म २१४ भोट प्राप्त गरिसकेका छन् भने अझै केही राज्यमा रिपब्लिकन पार्टीको पक्षमा मतदान भएको प्रक्षेपण गरिएको छ । जसका कारण रिपब्लिकन पार्टीले आफ्नो विजय दावी गरिरहेको छ ।
रिपब्लिकन पार्टीको मजबुत अवस्था रहेको भनिएका धेरै स्थानहरूमा अहिले निर्वाचनसम्बन्धी बिषयलाई लिएर विवाद भएको पनि बताइएको छ ।
बिहीबार रातभरको मत गणनापश्चात बाइडेनलाई दक्षिणपूर्वी जर्जियामा १६ भोट आएको छ साथै यसका कारण निर्वाचनमा वाइडेनको निर्वाचन थप बलियो बनेको विश्लेषकहरूले बताएका छन् ।
नाभाडा
बाइडेनलाई नाभाडामा छ मत प्राप्त भएमा उनलाई अमेरिकी नेतृत्वका लागि बाटो सहज हुनेछ तर यसका साथै उनले अरिजोनाबाट जित्नु आवश्यक छ । करिब ८९ प्रतिशत मत गन्दासम्ममा पश्चिमी राज्य मेक्का लस भेगासमा बाइडेनले ११ हजार ५०० मतसहित अग्रता कायम गरेका छन् ।
उत्तरी क्यारोलिना
उत्तरी क्यारोलिनामा रहेका १५ इलेक्ट्रोरल भोटका लागि भएको निर्वाचनमा ९५ प्रतिशत मत गणना हुँदासम्म ७७ हजार मतका साथ राष्ट्रपति ट्रम्पले अग्रता लिएका छन् । उनलाई करिब ५० प्रतिशतको हाराहारीमा मत परेको छ भने बाइडेनले ४८.६ प्रतिशत मत पाएका छन् ।
दक्षिणपूर्वी यो राज्यमा ट्रम्पको पक्षमा बहुमत देखिएको छ तर निर्वाचनको दिनभन्दा पहिल्यै मेलबाट गरिएको मतदानको नतिजा सार्वजनिक हुन नोभेम्बर १२ गतेसम्म पर्खिनुपर्ने हुन्छ ।
जर्जिया
जर्जियामा बाडेनमाथि ट्रम्पको प्रारम्भिक अग्रता द्रुत गतिमा खस्किएको देखिएको छ किनभने डेमोक्रेटिक पार्टीको प्रभाव क्षेत्रहरूको मतगणना जारी रहेको छ । पूर्व उप–राष्ट्रपति बाइडेन अहिले अलि अगाडि छन् । ९८ प्रतिशत मत गणना हुँदासम्म बाइडेनको पक्षमा ४९.४ प्रतिशत मत आएको छ भने एक हजार ९६ मतले बाइडेनको अग्रता कायम रहेको छ ।
जर्जियामा सन् १९९२ मा बिल क्लिन्टनलाई विजय गराएपछि अमेरिकी राष्ट्रपतिमा डेमोक्र्याटको पक्षमा मत परिणाम आउन सकेको छैन ।
१६ इलेक्ट्रोरल भोट भएको जर्जियाले बाइडेन लाई २७० भन्दा तल वा थोरै माथि पु¥याउने छ तर यसका लागि पनि अरिजोनाको नतिजा बाइडेनको पक्षमा आउन आवश्यक छ ।
पेन्सिलभेनिया
पेन्सिल्भेनियाको सबैभन्दा ठूलो पुरस्कार अर्थात् २० निर्वाचन मतमा ट्रम्प हाल अग्रणी छन्, तर गणना गर्न बाँकी फिलाडेल्फियाजस्ता बहुमत क्षेत्रहरू डेमोक्रेटिकका झुकाव क्षेत्र मानिन्छन् ।
पेन्सिल्भेनियामा ९५ प्रतिशत मत गणना हुँदासम्म ट्रम्पको अग्रता मात्रै १८ हजार मतमा कायम भएको छ ।
बाँकी क्षेत्र बाइडेनको पक्षमा आउने अनुमान गरिएको छ यद्यपि प्रतिस्पर्धा निकै रोचक देखिएको छ ।
एरिजोनामा ९० प्रतिशत मत गणना हुँदासम्म ४७ हजार बढी मतको अग्रतासाथ बाइडेनलाई ५०.१ प्रतिशत मत प्राप्त भएको छ भने ट्रम्पलाई ४८.५ प्रतिशत मत प्राप्त भएको छ ।
निर्वाचनको मतगणना हेरेर अमेरिकी समाचार संस्थाहरू सीएनएन र एनबीसी निर्वाचन यसैको पोल्टामा पर्छ भन्ने अनुमान गरिहाल्न नमिल्ने बताएका छन् ।-एएफपी/Photo: Agency