Logo

बाबुरामले सरकारको आलोचना गर्दै संसद अधिवेशन बोलाउन माग गरे, कारण यस्ता छन्



काठमाडौं, २२ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संसदको अधिवेशन बोलाउनुपर्ने माग गरेका छन् । उनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला भएको र त्यो उसैले छिनोफानो गरोस भन्ने चाहेका छन् । तर, केपी शर्मा ओली नेतृत्वको सरकारको दुष्कर्म र अकर्म आम जनता र प्रतिपक्षी दलहरुको पनि गम्भीर चासोको विषय भएको उनले उल्लेख गरेका छन् ।

 

सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले लेखेका छन्,” नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला;उसैले छिनोफानो गरोस्!तर@kpsharmaoli सरकारको दुष्कर्म/अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेसन बोलाएर छलफल गर्ने कि:१.कोरोना२.अर्थतन्त्र३.संघीयता४.भ्रष्टाचार५.विदेश सम्बन्ध६.अन्य!”



प्रतिक्रिया दिनुहोस्