काठमाडौं, २४ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका चिकित्सक डा. शिवजी सिलवाललाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमण भएपछि उनी होम क्वारेन्टाइनमा छन् ।
मुटुरोग विशेषज्ञ डा. सिलवाल कोरोना जोखिमका बेलामा अग्रपंक्तिमा रहेर अहोरात्र विरामीको उपचारमा सक्रिय हुँदै आएका छन् । उनले विरामीहरुलाई होम आइशोलेशनमा रहँदा पनि भर्चुअल माध्यमबाट परामर्श दिदै आएका छन् ।
फ्रन्टलाइनमा निकै जोखिम मोलेर खटिएका डा. सिलवालको अवस्था सामान्य रहेको छ । छ दिनयता होम क्वारेन्टाइनमा रहँदै आएका उनी अझै केही दिन क्वारेन्टाइनमा बसेर भर्चुअल माध्यमले सक्रिय हुने बुझिएको छ ।