Logo

माधव नेपालले केपी ओलीलाई साथ दिनुहुन्छ : खतिवडा



काठमाडौं, २४ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले पार्टीको आन्तरिक विवाद समाधान हुने विश्वास लिएका छन् । उनले सहमति नहुनु भनेको विनाश हुनु भएको प्रतिक्रिया दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले ‘प्रधानमन्त्री ओली र माधव नेपालबीच सहमति हुन्छ ?’ भनेर सोधेको प्रश्नमा उनले भनेका छन्,‘सहमति नहुनु भनेको विनाश हो । त्यसकारण सहमतिको धेरै हदसम्मको सम्भावना छ । माधव नेपालले केपी ओलीलाई साथ दिनुहुन्छ । तर, उहाँले साथ दिने भनेको माधव नेपाल र केपी ओलीमात्र भएर होईन, सिंगो सचिवालयको बनावटअनुसार सबै शक्ति सन्तुलनलाई एक साथ दिने वातावरण निर्माण गर्ने ।’ उनले वरिष्ठ नेता नेपाल साना÷साना स्वार्थको पछि नलाग्ने पनि जिकिर गरे । नेता नेपालले एकीकृत, सशक्त, अखण्डित र सामूहिक अस्तित्व र सशक्त अस्तिव्य निर्माण गर्ने कुरामा सबैलाई सहयोग गर्ने उनले विश्वास दिलाए । File Photo



प्रतिक्रिया दिनुहोस्