Logo

बालकको मृत्यु भएपछि विवाद



वीरगंज, २५ कात्तिक/ वीरगंजको बिर्तामा रहेको ओम अस्पतालमा शिशुको मृत्युलाई लिएर विवाद उत्पन्न भएको छ । जगरनाथपुर गाउँपालिकाको जगरनाथपुर टोल निवासी रोक्सा खानको १० दिने नवजात शिशुको उपचारको क्रममा आज बिहान अस्पतालमा मृत्यु भएको थियो । परिवारजनले उपचारमा संलग्न चिकित्सकमाथि कारबाईको माग गर्दै वडा प्रहरी कार्यालय बिर्तामा उजुरी दिएका थिए ।

अस्पतालका संचालक डा जगत दिपले बालकको उपचार कृष्ण अस्पतालमा भइरहेको अवस्था बिग्रेपछि थप उपचारको लागि यस अस्पतालमा पठाएको बताए । उनले शिशुलाई संक्रमण भएको कारण मृत्यु भएको बताए । प्रहरीले दुवै पक्षलाई सम्झाइ बुझाइ विवाद साम्य गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्