काठमाडौं, २६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले पार्टीको आसन्न महाधिवेशनमा विमलेन्द्र निधि सभापतिको उम्मेद्धवार हुँदा दुईभन्दा बढि उम्मेद्धवार हुने र पार्टी अहिलेझैं दुईवटा ध्रुवमा चर्को गरी विभाजित नहरनेपनि स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रिजालले लेखेका छन्,‘विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुइभन्दा बढी उम्मेदवार हुन्छन र पार्टी अहिले झैं दुइटा ध्रुवमा चर्को गरी विभाजित रहदैन। त्यो सकारात्मक हो। उहाँले सफलता प्राप्त गर्ने/नगर्ने र सफल भए बिना भेदभाव सबैलाई नेतृत्व गर्न सक्ने/नसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ।’