Logo

शहीद स्मारक परिसरमा शहीद अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्ने : मुख्यमन्त्री पौडेल



मकवानपुर, २७ कात्तिक: हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारक परिसरमा जनजाति सङ्ग्रहालय निर्माण भइरहेको स्मारक विकास समितिले जनाएको छ । समितिका अनुसार सङ्ग्रहालयको निर्माण कार्य अन्तिम चरण पुगेको छ ।

मकवानपुरमा बसोबास गरिरहेका आदिवासी जनजातिको भेषभूषा, रितिरिवाज, धर्मसंस्कृती झल्किने र उनीहरुले प्रयोगमा ल्याइरहेको भाडाकुँडा र औजारहरु पनि उक्त सङ्ग्रहालयमा राखिने स्मारक विकास समितिका अध्यक्ष तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

उनले शहीद स्मारक परिसरमा शहीद अध्ययन अनुसन्धान केन्द्रको स्थापना गर्ने बताउँदै शहीदहरुको जीवनी र प्रजातान्त्रिक आन्दोलमा पु¥याएको योगदान बारे उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि छुट्टै डाटा केन्द्रको स्थापना भइसकेको जानकारी दिए ।

शहीदस्मारक परिसरभित्र एउटै ठूलो ढुङ्गामा कुदिएको १२ शहीदको आकृति झल्किने स्मारक एवम् छुट्टै चिडियाघरको पनि स्थापना गरिएको छ । साथै उक्त परिसरको उत्तरतर्फ निर्मित प्रजातान्त्रिक आन्दोलनका अगुवा विपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीको शालिकको स्थापना गरिएको छ भने स्वर्गीय मदन भण्डारीको पनि शालिक स्थापना गरिएको स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले जानकारी दिए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्