काठमाडौं, ३० कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका चिकित्सक डा. शिवजी सिलवाल कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । उनको शनिबार साँझ कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना भाइरसको संक्रमण भएपछि डा. सिलवाल झण्डै दुई हप्तायता होम क्वारेन्टाइनमा थिए । उनले क्वारेन्टाइनमै बसेर विरामीहरुलाई भर्चुअल माध्यमले परामर्श दिदै आएका थिए ।
कोरोना भाइरसको महामारीका बीच डा. सिलवाल अग्रपंक्तिमा रहेर विरामीको उपचारमा संलग्न रहँदै आएका छन् । त्यही क्रममा उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो ।