Logo

मनोज गजुरेल कोरोना मुक्त



काठमाडौं, कार्तिक ३० । हास्यकलाकार मनोज गजुरेलले कोरोना भाइरस जितेका छन् । संक्रमण मुक्त भएर ११ दिनको अस्पताल बसाईपश्चात गजुरेल अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।

११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । उनले फेसबुकमा लेखेका छन्, ‘कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु ।’

गजुरेलले उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकलाई धन्यवादसमेत दिएका छन्। सकेसम्म यो महामारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन उनको अनुरोध छ । उनलाई कात्तिक १० गते संक्रमण पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्