काठमाडौं, २ मंसिर । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खराबभन्दा खराब अवस्था सिर्जना गराउने विश्लेषण गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,”हत्या, हिंसाको पूरानो शैली छ, ती संस्कारलाई पूर्नस्थापित गरिदिने हो । किनभने गोकुल बाँस्कोटाहरुले प्रचण्डले दण्डनीय अवस्था व्यहोर्नुपर्ने लगायतका धम्कीको भाषा बोलिसकेका छन् । मान्छेसँग जे छ, त्यही स्वभाव देखाउने हो । प्रचण्डसँग भएको शक्ति, शैली त्यही हो । संकट पर्दा आफूसँग जे जे साधन स्रोत छन, त्यसलाई बाहिर ल्याउँछन् ।”