Logo

प्रवक्ता श्रेष्ठले भने : सचिवालय बैठक १ बजे बालुवाटारमा बस्दैछ



काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सचिवालय बैठक निर्धारित कार्यक्रमअनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्ने स्पष्ट पारेका छन् । बैठक बस्ने वा नबस्ने भन्ने अन्यौलताको बीच बैठक बस्ने जानकारी प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमार्फत गराएका हुन् । उनले लेखेका छन्,”हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले भने सचिवालय बैठक बस्ने समयमा नै मन्त्रिपरिषद बैठक बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्