काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा यसअघिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल हुने बुझिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावमाथि जवाफ दिने छन् । आजको बैठक केही क्षण बसेर स्थगित् गर्ने तयारी गरिएको छ । Photo By: Mukunda Kalikote-ReportersNepal