Logo

भ्याक्सिनको पहिलो र दोस्रो इन्जेक्सन लगाउँदाको बीचको अवधिमा कोरोना संक्रमित हुने सम्भावना कायमै रहने



एजेन्सी, ४ मंसिर । कोरोना भाइरसको खोप विकास धमाधम भइरहेको छ । अहिलेसम्म विकास भएका खोपहरु दुई पटक लगाउनुपर्ने हुन्छ । पहिलो र दोस्रो चरणको खोप लगाएपछि मात्र मात्रा पूरा हुन्छ । यसले शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्छ ।

तर, खोपको पहिलो मात्रा लगाएपनि दोस्रो मात्रा नलगाएसम्म कोरोना भाइरसको संक्रमण हुनसक्छ । खोप विकास गर्ने वैज्ञानिकहरुले पहिलो पटक खोप लगाएपछि दोस्रो पटक नलगाउँदासम्मको बीचको समयमा संक्रमण हुने जनाएका छन् ।

स्पुतनिक भी भ्याक्सिन निर्माता गेलिमियाका निर्देशक अलेक्जेन्डर गिन्टसवर्गले पहिलो र दोस्रो इन्जेक्सन लगाउँदाको बीचमा संक्रमण हुने सम्भावना रहिरहने बताएको समाचार एजेन्सी तासले जनाएको छ । भ्याक्सिनले रोगप्रतिरोधात्मक क्षमता २१ दिनमा मात्र विकास गर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्