Logo

उपत्यकामा रगत अभाव : विरामीका आफन्त भौँतारिँदै



मंसिर ४, काठमाण्डौ । कोरोना संक्रमणले नेपालमा महामारीको रुप लिएसँगै रगत अभाव हुन थालेको थियो । लकडाउनका बेला रक्तदान कार्यक्रम ठप्प भएका थिए । अहिले लकडाउन नभए पनि संक्रमणको जोखिम कायमै रहेकाले रक्तदान कार्यक्रम पहिला झैँ हुन सकेका छ्रैनन् । जसका कारण विरामीको उपचारका क्रममा चाहिने रगत अभाव विकराल बन्दै गएको छ ।

कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको लकडाउनका कारण आवतजावतमा कठिनाइ हुँदा रगत संकलन हुन नसकेको हो । देशभर ७३ वटा ब्लड बैंक रहेका छन् । यद्यपि अधिकांश ब्लड बैंकमा रगत संकलन हुन नसक्दा अभाव बढेको हो । रक्तदान कार्य ठप्प हुँदा अहिले केन्द्रीय रक्त सञ्चार र जिल्ला जिल्लामा रगत आवश्यक पर्ने बिरामीहरू निकै मारमा परेका छन् ।

सरेश श्रेष्ठ, उनी अहिले परोपकारप्रसुति गृहमा श्रीमतीलाई शल्यक्रिया मार्फत सुत्केरी गराइएको छ । श्रीमतीलाइ रगतको आवश्यक प¥यो । अस्पताले तत्काल रगतको व्यवस्था गर्न भनेको छ । तर उनले रगत पाएका छैनन् । मन खिन्न पार्दै र रगतको अभावमा कतै आफ्नी श्रीमतीलाई केही हुने त होइन भन्ने चिन्तामा छन् ।

विनोद राईको पनि समस्या उस्तै छ । उपचारका क्रममा उनको परिवारका सदस्यलाई रगत चाहिने भयो । तर रगत नपाएर उनी भौँतारिरहेका छन् ।

श्रेष्ठ र राई जस्ता पीडित धेरै छन् । अस्पतालको बेडमा आफन्तको उपचार भइरहेको छ । कतिपयलाई रगतको जोहो गर्नुपर्ने हुन्छ । तर काठमाण्डौ उपत्यकामा रगत अभाव चुलिएको छ । यसरी रगत अभाव हुनुमा कोरोना भाइरस संक्रमणको जोखिमका कारण रक्तदान कार्यक्रम हुन नपाउनु नै मुख्य कारण रहेको रक्तदान संघका उपाध्यक्ष आरबी ठकुरी बताउँछन् ।

बन्दाबन्दी र निषेधाज्ञा हुँदै अहिले भिडभाड हुने कार्य प्रतिबन्त गरिएको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले अत्यन्तै न्यून संख्यामा रगत मौज्दात रहेको छ । एकमहिना यता बाहिरबाट अस्पतालमा रगत नआएपछि चाडपर्व र महामारीको समयमा रगत आवश्यक पर्ने बिरामीका आफन्तलाई प्रोत्साहन दिएर उनीहरुबाटै रगत जुटाउने गरिएको छ ।

पहिलो स्वास्थ्य नीति २०४८ ले नेपाल रेडक्रस सोसाइटीलाई रक्तसञ्चारसम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मेवारी प्रदान गरेको थियो । यही जिम्मेवारीअन्तर्गत केन्द्रले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअन्तर्गत रही रक्तदाताले दान गरेका रगत र तिनको तत्व सुरक्षित र गुणस्तरीयरुपमा बिरामीसम्म पु¥याइरहेको छ । तर कोरोनाको महामारीका कारण यतिबेला समस्या सृजना भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्