काठमाडौं, मंसिर ५ । नेपाल प्रहरी समायोजनका लागि ‘कानुनी तथा प्राविधिक’ रुपमा बाटो खुला भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले प्रहरी समायोजन सम्वन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम’) स्वीकृत (पास) गरेसँगै समायोजनका लागि बाटो खुलेको हो ।
गृह मन्त्रालयका अनुसार, प्रहरी समायोजन सम्वन्धी ओएनएम स्वीकृति (पास) भएको छ । प्रहरी समायोजन विधयेक २०७६ यसअघि नै स्वीकृत भइसकेको हो । ओएनएमले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) एक र प्रहरी नायव महानिरीक्षक (डिआइजी) पाँच गरी छ दरवन्दी थप गरेको छ ।वर्तमान सरकारले प्रहरी समायोजनका लागि भन्दै यसअघि एआइजीको सातवटा दरवन्दी घटाएर तीन र डिआइजीको २६ वटा दरबन्दी घटाएर १४ पु¥याएको थियो । थप गरिएको एआइजीको दरवन्दी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका लागि रहेको छ ।
गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख सहसचिव थानेश्वर गौतमले केही दिनअघिको मन्त्रिपरिषद्को निर्णयबाट प्रहरी समायोजन सम्वन्धी ओएनएम स्वीकृत भई मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालय पठाई सकेको जानकारी दिए ।यो ओएनएम अनुसार, प्रहरी प्रधान कार्यालय अन्तरगत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालय र नेपाल प्रहरी अस्पताल (प्राविधिक) गरी पाँचजना एआइजीको व्यवस्था गरेको छ ।
सातै वटै प्रदेश प्रहरी प्रमुखको रुपमा डिआइजीलाई खटाउने छ । एआइजी र डिआइजीको थप दरवन्दी स्वीकृत भएसँगै केही हप्ता भित्रमा बढुवा प्रक्रिया शुरु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । गोरखापत्र दैनिकबाट