काठमाडौं, ५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आज महासचिव विष्णु प्रसाद पौडेलसँग छलफल गरेका छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा अध्यक्ष दाहालसँग महासचिव पौडेलले आज पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता गरेका हुन् । दाहालसँगको भेटवार्ता सकेर बाहिरिने क्रममा महासचिव पौडेलले परिस्थिति निकै गम्भीर बनेको प्रतिक्रिया दिएका थिए ।
महासचिव पौडेलगत्तै नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले पनि दाहालसँग भेटवार्ता गरेका छन् । नेकपाका सचिवालय बैठक यही मंसिर १३ गते डाकिएको छ । उक्त बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो तर्फबाट प्रस्ताव पेश गर्ने जनाएका छन् । FILE PHOTO