Logo

मखमलीका एक लाख ५० हजार माला निर्यात



काठमाडौं, मंसिर ६ । मखमली फूलमा भने नेपाल आत्मनिर्भर रहेको छ । मखमली केही मात्रामा निर्यातसमेत हुने गरेको छ । यस वर्षको तिहारमा कोरोना कहरका बीच पनि झन्डै एक लाख ५० हजार मखमली फूलको माला विभिन्न देशमा निर्यात भएकोे छ ।

झन्डै १४ करोड फूल मालाको कारोबार
यसपटकको तिहारमा झन्डै १४ करोड बराबरको फूलका मालाको कारोबार भएको छ । फ्यानका अनुसार सयपत्री फूलका माला ११ करोड ७० लाख रुपियाँ बराबरको कारोबार भयो भने मखमलीको एक करोड ८० लाख रुपियाँको कारोबार भयो । फ्यानले यसपटक ४५ लाख रुपियाँ बराबरको मखमली फूलका माला निर्यात गरेको जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्