काठमाडौं, ८ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सक्रिय भएको छ । उक्त समूहले आज सातौ पार्टी पुर्नगठन तथा एकता दिवस मनाइरहेको छ । उसले देशभर विभिन्न कार्यक्रमहरु राखेर सक्रियता देखाएको छ ।
विप्लव समूहले हिजो र अस्ति देशव्यापी प्रदर्शनको कार्यक्रम राखेको थियो । विभिन्न स्थानमा सभा समेत आयोजना गरेको थियो । विप्लवले केही स्थानमा बम बिष्फोट समेत गराएको छ ।
शनिबार प्रचार प्रसार कार्यक्रम भन्दै देशभरका सरकारी कार्यालयमा पोष्टर टाँसेको थियो । आइतबार देशव्यापी प्रदर्शन तथा सभाहरु राखेको थियो ।
तत्कालिन नेकपा माओवादीबाट अलग भएर मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी हुँदै विप्लवले नेकपा गठन गरेका थिए । उनले भूमिगत भए सैन्य गतिविधि समेत गर्दै आएका छन् ।
यसैगरी, विप्लवको सम्भावित गतिविधिलाई दृष्टिगत गरी सुरक्षा कडा पारिएको छ । विप्लव नेतृत्वको नेकपाले हिंसात्मक गतिविधि गर्नसक्ने भन्दै सुरक्षा निगरानी बढाइएको हो ।