काठमाडौं, ८ मंसिर । अनामनगरस्थित् अक्सिडेन्टल पब्लिक स्कुल (ओपिएस) ले सरकारी जग्गा हडपेर स्कुलका भौतिक संरचना हटाउने तयारी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ अनामनगरस्थित् सिट नम्बर ११०६२१ कित्ता नम्बर १० को क्षेत्रफल १ रोपनी एक आना धोबीखोला नदी उकाशको सरकारी जग्गा टेकबहादुर पौडेललगायतले कब्जागरी निजी स्कुल सञ्चालन गरिरहेको छन् ।
उक्त जग्गामा बनाईएको संरचना हटाउनको लागि सामाजिक विकास समाजले काठमाडौं महानगरपालिकामा उजुरी दिएपछि ती संरचना हटाउनको लागि आजबाट पहल सुरु भएको छ । त्यसको लागि महानगरपालिकाले आज अमिन पठाएर नापजाँच गरेको हो । संरचना भत्काउनको लागि नापजाँच गर्न गएको टोलीसँगै समाजका महासचिव रक्षाबहादुर रैका, उपाध्यक्ष ओम उप्रेती, बाग्मती प्रदेशका सांसदहरु दिपेन्द्र श्रेष्ठ र मिना ज्ञवाली पनि उपस्थित् थिए ।
ओपिएसले उक्त सरकारी जग्गा विगत २४ वर्षदेखि कब्जा गरेर उपभोग गरि मुनाफा आर्जन गर्दै आएको थियो । संरचना हटाउन समाजले निवेदन दिएलगत्तै ओपिएसले दशैं, तिहारकै बीचमा रातारात पर्खालसहितका थप संरचना बनाएको थियो । उक्त निजी स्कुल टेकबहादुर पौडेल र कुलबहादुर निरौलालागयतको स्वामित्वमा रहेको छ ।
उजुरी परेपछिको तस्विर
उजुरी पर्नुअघिको तस्विर
Related News:
अक्सिडेन्टल पब्लिक स्कुलद्वारा सरकारी जग्गा कब्जा