Logo

‘कोरोना चुनौती मात्र होइन, अवसर पनि हो’



काठमाडौं, मंसिर ९ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सारा विश्वले नै झेलिरहेको महामारीसँग सम्बन्धित विषयमा भर्चुअल माध्यमबाट आयोजना गरिएको विचार गोष्ठी समय सान्दर्भिक भएको विचार व्यक्त गरेका छन् ।

उनले सो कुरा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, बौद्ध अध्ययन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र क्याम्पस मनोविज्ञान तथा दर्शनशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा संयुक्तरूपमा दर्शनसम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै बताएका हुन् ।

उनले भने– ‘कोरोना भाइरसको महामारीले विश्वलाई ठूलो चुनौती मात्रै दिएको छैन कि यसले एउटा अवसर पनि दिएको छ । हामीले यस घडीमा चुनौतीलाई सामना गरी अवसरमा परिणत गर्नुपर्दछ ।’ मानव जातिको सामूहिक प्रयत्नबाट विश्वका जुनसुकै प्रकारका खतराहरूको सामना गरी मानव जातिलाई बचाउन सकिने उनको कथन थियो ।नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्