काठमाडौं, १२ मंसिर । निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले संखुवासभामा गुर्जोको बेर्ना वितरण गरेका छन् । उनले संखुवासभाको खाँदबारीमा संखुवासभा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णभगत प्रधान, करदाता सेवा कार्यालयका कर अधिकृत राजन बिक एवम् स्थानीयलाई गुर्जोको बेर्नाको प्रदान गरेका हुन् ।
साथै, उनले तुम्लिङ्गटारस्थित् मनकामना मन्दिरमा गुर्जोरोपन गरिएको जानकारी दिए । यसैगरी तेह्रथुम जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेलाई समेत गुर्जोको बेर्ना हस्तान्तरण गरिएको राजलवटले बताए । दुवै जिल्लामा गरि करिव ३०० गुर्जोको वेर्ना हस्तान्तरण गरियो । सेवा प्रवाह गर्नेक्रममा रमण घिमिरे, बलराम दाहाल, देवेन्द्र कुमार लिम्बू, हेरम्वराज न्यौपाने समेतको सक्रिय सहभागिता रहेको ।