काठमाडौं, १२ मंसिर । यो साता हिमालमा हल्का हिमपात र पहाडमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि बिहिबारसम्म हिमालमा हिमपात र पहाडमा वर्षाको सम्भावना रहेको छ ।
देशका सबै भागमा तापक्रम हल्का घट्ने समेत मशाशाखाले जनाएको छ । तापक्रम घट्दै जाँदा जनजीवन प्रभावित भएको छ ।
यो साताभित्र प्रदेश १ को हिमालमा हिमपात र पहाडमा हल्का वर्षा हुनेछ । तराईमा भने वर्षाको सम्भावना छैन । प्रदेश दुईमा तापक्रम घटेपनि वर्षाको सम्भावना छैन ।
बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना रहेपनि पहाड र तराईमा वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम भने हल्का घट्नेछ ।
लुम्बिनी प्रदेशको तापक्रम हल्का घट्ने भएपनि वर्षाको सम्भावना छैन । त्यहाँ सामान्यतया मौसम सफा रहनेछ ।