Logo

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १९ लाख नाघ्यो



काठमाडौं, १३ मंसिर । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६ करोड १९ लाख नाघेको छ । बितेको २४ घन्टामा संक्रमित संख्या ६ लाखले बढेको हो । मृतकको संख्या १४ लाख ४९ हजार नाघेको छ । यो संख्या एकै दिन १२ हजारले वृद्धि भएको हो ।

पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ६ करोड १९ लाख ८८ हजार पुगेको छ । मृतकको संख्या १४ लाख ४९ हजार एक सय १४ पुगेको छ । विश्वभर कुल सक्रिय कोरोना संक्रमितको संख्या एक करोड ७७ लाख पुगेको छ । जसमध्ये ४ करोड २७ लाख संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ३४ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ७१ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ९३ लाख संक्रमितमध्ये एक लाख ३६ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६२ लाख ३८ हजार संक्रमितमध्ये एक लाख ७१ हजारको मृत्यु भएको छ ।

फ्रान्समा २१ लाख ९६ हजार संक्रमित संख्यामध्ये ५१ हजारको मृत्यु भइसकेको छ । रुसमा २२ लाख संक्रमितमध्ये ३८ हजारको मृत्यु भएको छ । स्पेनमा १६ लाख संक्रमितमध्ये ४४ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १५ लाख कोरोना संक्रमितमध्ये ५७ हजारको मृत्यु भएको छ । इटालीमा १५ लाख संक्रमितमध्ये ५३ हजारको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ । अहिलेसम्म २ लाख २९ हजार ३ सय ४३ जना संक्रमित भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्