Logo

बाबुरामले किन भने ? : अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाॅसो नबिर्सौं!



काठमाडौं, १३ मंसिर । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवासँग गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाउँ है भन्दै आग्रह गरेका छन् । उनले अहिलेको आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भरौं भनेर आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले यस्तो लेखेका छन्,”युवासंग आग्रह-गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ!अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाॅकीगिलास भरौं;नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्!अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाॅसो नबिर्सौं!दुबैसॅग लडेर अघिजाने साहस गरौं!”



प्रतिक्रिया दिनुहोस्