Logo

लोकतन्त्रमाथि सबैतिरबाट प्रहार भएको भन्दै शेखर कोइरालाद्वारा चिन्ता व्यक्त



काठमाडौं, १३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले समयमे पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्नेगरि तयारीमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस सुनसरी–काठमाडौ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा आज (शनिबार) सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सोसल डिस्टयन्स र आवश्यक जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पार्टीको आगामी महाधिवेशनमा लाग्न आम नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका थिए । त्यस्तै, उनले अहिले सबैतिरबाट लोकतन्त्रमाथि प्रहार हुन थालेको पनि चिन्ता व्यक्त गरे । उनले भनेका छन्,‘सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्यो। व्यवस्था नै गुम्छ कि भन्ने आशंका सुरू हुन थालेको छ। यस्तो बेलामा महाधिवेशनमार्फत कांग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ।’



प्रतिक्रिया दिनुहोस्