Logo

बालुवाटारमा नेकपा सचिवालय बैठक : लिखित जवाफ प्रस्तुत गर्दै प्रधानमन्त्री ओली



काठमाडौं, १३ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ । दश दिनको ग्यापपछि आज सचिवालय बैठक बसेको हो । आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेश गरिरहेका छन् । यसअघि गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन गरेका थिए । उक्त प्रस्तावमा दाहालले आफूविरुद्ध आरोप लगाएको भन्दै ओलीले मंसिर ३ गते बसेको बैठकमा त्यसको जवाफ तयार पार्न दश दिनको समय मागेका थिए । सोहीअनुसार सचिवालय बैठक आज बसेको हो । बैठकमा प्रधानमन्त्री ओलीले अहिले लिखित जवाफ पेश गरिरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । तस्विर : सूर्य थापा



प्रतिक्रिया दिनुहोस्