Logo

कम्युनिष्ट नेताको कुखुरा फार्म



उदयपुर, मंसिर १४ । ४९ वर्षदेखि सक्रिय राजनीति गर्दै आएका पदमप्रसाद डाँगीको दैनिकी हिजोआज फेरिएको छ । राजनीतिलाई एकातिर राखेर डाँगी कृषि कर्ममा होमिएका छन् । लामो समय कम्युष्टि पाटीको राजनीति गर्दै आएका डाँगी अहिले नेपाल कम्युनिष्ट पाटी ९नेकपा० सदस्य हुन् । राजनीति र कृषि कर्मलाई सँगै लैजान उनी अहिले बागेश्वरी पशुपन्क्षी तथा माछा फार्म दर्ता गरि लोकल कुखुरा पालनमा प्रवेश गरेको डाँगी सुनाउँछन् ।

डाँगीले २०२८ सालमा झापा आन्दोलनबाट आफु नेपाल कम्युनिष्ट पाटी माक्सबादी लेनिनवादीमा ९माले० मा लागेको सुनाए । उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा बस्दै आएका डाँगी लामो राजनितिक जिवनसँगै पञ्चायतको अन्तिममा गासस र बहुदलिय ब्यवस्था आएपछि तत्कालिन नेकपा एमालेबाट साबिकको देउरी गाउँ विकास समिति २ नम्बर वडाको वडाध्यक्ष भई ०४८ देखि २०५४ सम्म काम गरेको सुनाए ।

हाल भने नेपाल कम्युनिष्ट पाटी ९नेकपा० को सदस्य रहेको बताए ।राजनीतिलाई हेर्ने सवालमा आफनो कृषि कर्मलाई एउटा क्रमभंगता मान्छिन् उनी । ‘राजनीति स्थायी व्यवसाय होइन, यो एउटा कालखण्डसम्म गर्ने सेवा हो’, उनले भने्, ‘राजनीति समाज सेवा हो, जुन निःस्वार्थ र निःशुल्क गरिन्छ । देश राजनीति गर्नेहरूले बिगारे भन्ने जनतामा रहेको बितृष्णा हटाउन पनि आपूm कृषि कर्ममा लागेको उनले दाबी गरे । ‘रोजगारीका लागि लाखौं युवा विदेश गएका छन् । राजनीति गरेकाले सबै बिगारे भन्ने जनताको गुनासो हटाउन पनि कृषिलाई ब्यवसायीक र मर्यादित बनाउँनु पर्नेमा जोड दिए ।

रोजगारीका लागि विदेश पलायन हुने युवालाई स्वदेशमै आत्मनिर्भर गराउन सकिने उनको दाबी छ । यसले गरिबी निवारणमा पनि सघाउँथ्यो ।सगरमाथा लोकमार्गबाट २ किलोमिटर दक्षिणमा केही वर्षदेखि २ बिगाहा १४ कठ्ठा जग्गा २० वर्षका लागि भाडामा लिएर चार जना मिलेर सँयुक्त रुपमा लोकल कुखुरा, टर्कि, लौकाट, गिरिराज, कटकनाथ तथा ७ वटा पोखरी निर्माण गरि माछा पालन थालेको बताउँछन् । अहिले सम्म ३० लाखको लागतमा उदयपुरको त्रियुगा नगरपालिका– ४ बगाहामा रहेको उनको फार्म फैलिँदो क्रममा रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्